ग्रीन भेन्चर्स र बन्दीपुर केबलकारमा झुम्मिए लगानीकता, यी १० कम्पनीको सर्वाधिक कारोबार

१६ पुष २०८२, बुधबार १५:१७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको एक करोड १९ लाख कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा ग्रीन भेन्चर्सको १७ करोड ७९ लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, बन्दीपुर केवलकारको १५ करोड ८८ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको १३ करोड ५८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*