पाँच महिनामा साढे ५ अर्बको बीमा पोलिसी सरेण्डर

१६ पुष २०८२, बुधबार १७:२५

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम बीमा पोलिसी सरेण्डर गरेका छन् । गत बर्षको तुलनामा बीमा पोलिरी सरेण्डर १७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

गत बर्षको सोहि अवधिमा बीमितहरुले ४५ हजार ६० जना बीमा पोलिसी वापत ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए ।
बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था रहेको छ ।

बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । केही कारणवश बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु नै बीमा सरेण्डर हो । ‘सरेण्डर’ अङ्ग्रेजी शब्द हो भने नेपालीमा समर्पण भनिन्छ ।

यसलाई उदाहरणसहित यसरी बुझ्न पनि सकिन्छ । मानौँ रामले कुनै पनि जीवन बीमा कम्पनीमा बीमालेख किनेको छ, या बीमा गरेको छ भनौँ । रामले केही कारणवश शुल्क बुझाउन छाडेर त्यसलाई निरन्तर नदिने सोचमा पोलिसी त्याग्ने काम नै सरेण्डर हो। हामीले आफूसँग पैसा भएको बेलामा बीमा पोलिसी किन्छौँ र आफूलाई खर्च अभाव भएको बेलामा बीमालाई निरन्तरता नदिई आफूले जम्मा गरेको रकम र बीमा बापत प्राप्त हुने बाँकी सबै रकम लिएर कुनै पनि बीमाबाट बाहिरिन्छौ भन्ने त्यही नै हो सरेण्डर हो ।

बीमितले बीमा पोलिसी त्याग्नुमा धेरै कारणहरू हुन्छन् । अभिकर्ताहरूले ग्राहकको आर्थिक अवस्था नै नबुझी बीमा पोलिसी बेच्दा पनि बीमा पोलिसी त्याग्नुको कारण हुन् सक्छ । ग्राहकलाई पैसाको आवश्यक भएको खण्डमा, प्रिमियम तिर्न कठिनाइ भएको अवस्थामा पनि बीमा सरेण्डर हुन् सक्ने सम्भावना बढी हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*