शिखर पावरलाई आईपीओ निष्काशन गर्न बोर्डद्वारा अनुमति प्रदान

१६ पुष २०८२, बुधबार १८:०१

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६।०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*