आजबाट सरकारको ट्र्याकिङमा विदेशी नागरिक
१७ पुष २०८२, बिहीबार ०९:३९

काठमाडौं । जेनजी आन्दोलनका कारण अवरुद्ध भएको विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली सरकारले सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि विदेशी नागरिक सरकारी ट्रयाकिङ प्रणालीको निगरानीमा हुने छन् । गृह मन्त्रालयको निर्देशनमा यो प्रणाली सञ्चालनमा आएको हो ।
अध्यागमन विभागले प्रणालीको नाम ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआईएस)’ राखेको छ । यसअघि विभागले ‘विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली (एफएनआरटीएस)’ राखेको थियो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गएको असोज १ बाटै लागू गर्ने भनिएको प्रणाली बिहीबारबाट सरु हुन लागेको बताएका छन् ।












