आजसम्म कायम शेयरधनीले १४ कम्पनीको लाभांश पाउने

१७ पुष २०८२, बिहीबार १०:१५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस १६ गतेसम्म उल्लिखित १४ कम्पनीको शेयर किन्नेले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश र मेरो माइक्रोफाइनान्स लघुवित्तको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।

त्यसैगरी ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश, हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश पाउनेछन्।

त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.४ प्रतिशत नगद लाभांश, अपि पावर कम्पनीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, कालिका पावरको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश र सूर्यज्योति लाइफको १३ प्रतिशत नगद लाभांश पाउनेछन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत नगद लाभांश, नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांश, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत नगद लाभांश र युनाइटेड इदी मर्दीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*