निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?
१७ पुष २०८२, बिहीबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा आइपुगेको छ ।












