गरिमा विकास बैंकबाट ६० हजार कित्ता शेयर बिक्री गरेर बाहिरिदै संस्थापक शेयरधनी
१७ पुष २०८२, बिहीबार ११:०८

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयरबिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७३९.७२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडौँको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिसम्ममा उक्त शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर खरिद प्रक्रिया अघि बढाइने छ ।












