सशस्त्र प्रहरीको गोलीपछि तनावग्रस्त बन्यो सुनसरीको लौकहीबजार, प्रहरीद्वारा हवाईफायर

१७ पुष २०८२, बिहीबार ११:२५

काठमाडौँ ।  सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्र तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

घटना बिहीबार बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोलमा भएको हो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाउँदा सोही वडाका स्थायी बासिन्दा साहको मृत्यु भएको जनाइएको छ ।

साहको मृत्युपछि स्थानीयवासी सडकमा उत्रिएर विरोध प्रदर्शनमा सहभागी भएका छन् । आक्रोशित भीडले सशस्त्र प्रहरी बिटमा आगजनीसमेत गरेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*