सिटिजन लाइफ इन्स्योरेन्सबाट १ जना टीओटीसहित ७० जना सन २०२६ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

१७ पुष २०८२, बिहीबार १४:३९

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सिटिजन लाइफ इन्स्योरेन्सका ७० जना अभिकर्ताहरु एमडीआरटी छनौट भएका छन् ।

टीओटी छनौट हुन आवश्यक तोकीएको रकमको व्यवसाय गरी सिटिजन लाइफ इन्स्योरेन्सका माधव सिंह साउद सन् २०२६ को टीओटी छनौट भएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सको इतिहासमै उनी प्रथम टीओटी बन्न समेत सफल भएका छन् । माधव सिंह गत आर्थिक वर्षको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्समा आफ्नो व्यक्तिगत कोडबाट सबैभन्दा बढी बीमा व्यवसाय संकलन गरेर कम्पनीका सर्वोत्कृष्ट अभिकर्ता बन्न समेत सफल भएका थिए ।

विश्व भरीकै बीमा क्षेत्रमा आबद्ध अभिकर्ताहरुको लागि विश्वस्तरीय सर्बोच्च उपलब्धी मानिन्छ टीओटी । जुन बिश्व भरीका उत्कृष्ट अभिकर्ताले मात्रै यो सफलताको शिखर चुम्ने अबसर पाउँछन् जुन अबसर सिटिजन लाइफबाट पहिलो पल्ट टीओटी माधब साउदले इतिहास बनाएका छन ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई निकै महत्वपूर्ण रुपले आवश्यक तालिम तथा विभिन्न क्षमता अभिबृद्धि लगायतका कार्यलाई प्राथमिकता समेत दिएको छ । कम्पनीले अभिकर्ताहरुको प्रोत्साहन स्वरुपमा विभिन्न क्लबमा छनौट भएकालाई आर्थिक तथा पुरस्कार उपलब्ध गराएर पनि सम्मान गर्दै आएको छ ।

कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पोषकर पौडेल लगायतको उच्च व्यवस्थापकहरुले छनौट भएका एमडीआरटीहरुलाई उहाँहरुको काम र संघर्षको मुल्यांकन भएको भन्दै बधाइ ज्ञापन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*