एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१७ पुष २०८२, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि एसवाई प्यानलमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको कुल २३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ८० लाख रुपैयाँ, बन्दिपुर केबलकारको ११ करोड ६७ लाख रुपैयाँ, बुङ्गल हाइड्रोको ११ करोड ६६ लाख रुपैयाँको शेयर कारोबारको शेयर कारोबार भएको छ ।













