बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१७ पुष २०८२, बिहीबार १५:१८

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले ओरालो लागेको छ । बजार पछिल्लो समय उतार चढाब भइरहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
बिहिबार एसवाई प्यानलको ९.०९ प्रतिशत, हिम स्टार उर्जाको ८.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।













