जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर मात्रैको २ अर्ब, अन्य कुनको कति ? 

१७ पुष २०८२, बिहीबार १५:३३

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुष १६ गतेसम्ममा कुल ३३१६ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुपले पाँच अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसमा भुक्तानी भएको र अग्रिम भुक्तानी गरिएको रकम समेत जोडिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब ५७ करोड ९० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ४०९ वटा दावी परेका छन् । जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित एक अर्ब ९१ ५६ तीन लाख रुपैयाँ बीमितलाई वितरण गरिसकेको छ ।

सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट १०१ वटा दावी बापत पाँच अर्ब ४३ करोड ५१ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले पुष १६ गतेसम्मको अवधिमा ११ करोड पाँच लाख रुपैयाँ मात्र दावी भुक्तानी वितरण गरेको छ ।

साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल २२० वटा दावी बापत दुई अर्ब ८६ करोड ७४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले पुष १६ गतेसम्म एक अर्ब ११ करोड ३१ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्समा ४४९ वटा दावी बापत कुल दुई अर्ब ३७ करोड ५० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीले ७३ करोड १८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

यसैगरी, जेन–जी आन्दोलनको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३७ करोड ३१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २८ करोड ६२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २७ करोड ७८ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले १३ करोड ९४ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले आठ करोड ४० लाख रुपैया, नेपाल इन्स्योरेन्सले १८ करोड २७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ८० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक करोड ८ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिव  ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

बीमकहरूलाई करिव ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिव ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*