कुमारी बैंकको एटीएममा तोडफोड, दुई युवक प्रहरीको नियन्त्रणमा
१७ पुष २०८२, बिहीबार १६:२४

काठमाडौं । कुमारी बैंकको एटीएम मेसिनमा तोडफोड गरेको आरोपमा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका १८ वर्षीय सुनिल विकलाई बुधबार साँझ पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार एटीएम तोडफोड भइरहेको गोप्य सूचनाका आधारमा खोजी तीव्र बनाइएको थियो। त्यस क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले घटनास्थल नजिकैबाट भाग्ने प्रयास गरिरहेका दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो।












