लाभांश पारित गर्न आज दुई कम्पनीको साधारणसभा बस्दै

१८ पुष २०८२, शुक्रबार ०७:०६

काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्।

सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने प्रस्ताव पारितका लागि काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे सभा बस्दैछ।

नेपाल एसबीआई बैंकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरणको निर्णय गरेको छ भने निर्णय पारितका लागि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*