रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४९५ जनाले पाए शेयर

१८ पुष २०८२, शुक्रबार ०८:५२

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्रै स्वीकृत भएको छ।

स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५०/५० कित्ताका दरले र सोहीमध्येका १८ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।  बाँडफाँडको नतिजा अनलाइनमा आउन केही समय लाग्नेछ।

यी तीन माध्यमबाट हेर्नुहोस् रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*