बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
१८ पुष २०८२, शुक्रबार १०:४९

काठमाडौँ । निरन्तर घटी रहेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेर प्रतितोला चार हजार ५२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












