परिचयपत्रमै एथर इलेक्ट्रिक स्कुटर, ६ हजार ५८ रुपैयाँबाट सुरु किस्ताबन्दी

१८ पुष २०८२, शुक्रबार १७:५६

काठमाडौं । एथरका इलेक्ट्रिक स्कुटर खरिद गर्ने प्रक्रिया थप सरल बनेको छ । एथरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जीले अब ग्राहकहरूले केवल मान्य परिचय पत्र (आईडी कार्ड)को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न सक्ने व्यवस्था सुरु गरेको जनाएको छ ।

परिचयपत्र–आधारित यस वित्तीय योजनामार्फत इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिँदै आएका सामान्य अवरोधहरू हटाउने र देशभर स्मार्ट तथा दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखिएको कम्पनीको भनाइ छ । यस योजनाअन्तर्गत ग्राहकहरूले ६ हजार ५८ रुपैयाँबाट सुरु हुने सरल किस्ताबन्दी योजनामा एथर स्कुटर खरिद गर्न सक्नेछन् ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधनको बजारमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको छ । बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै कम्पनीले देशव्यापी रूपमा पूर्वाधार र सेवा सञ्जाल पनि विस्तार गरेको छ ।

हाल एथरका देशभर ८ वटा एथर एक्सपेरियन्स सेन्टर, एउटा टेस्ट राइड जोन, ८ वटा आधिकारिक सर्भिस सेन्टर र २७ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा छन् ।

स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर–द–एयर अपडेट तथा सहज र भरपर्दो राइडिङ अनुभवका कारण एथर नेपालमा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ ।

नयाँ पहलमार्फत उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकसाथ जोड्दै नेपालमा ईभी अपनत्वलाई थप तीव्र बनाउने एथरको प्रतिबद्धता अझ मजबुत भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*