एनआईसी एशिया बैंकले हकप्रद जारी गर्ने, पूर्व सहमतिको लागि राष्ट्र बैंकमा पेश
२० पुष २०८२, आईतवार १०:३४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ को अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ।
बैंकले तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ बराबर १ को अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।
यसका लागि पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको र राष्ट्र बैंकको सहमति पछि बैंकको वार्षिक साधारणसभामा सोको स्वीकृतिका लागि प्रस्ताव पेश गरिने कम्पनी सचिव कमल खड्काले जानकारी दिएका छन्।
1767501294355











