आइएमई लाइफबाट एमडीआरटी बन्नेको संख्या दोहोरो अंकले बृद्धि, ७४ जना अभिकर्ताले चुमे लक्ष्य

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न निकै सफल देखिएका छन् । कम्पनीले ल्याएका अभिकर्तामुखी योजना र एजेन्सीहरुको कडा मिहिनेत संघर्षका कारण ठूलो संख्यामा अभिकर्ताहरुले एमडीआरटी लक्ष्य चुम्न सफल भएका हुन् ।
अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी आइएमई लाइफ इन्स्योरेन्सका ७४ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।
कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै आइएमई लाइफ इन्स्योरेन्सका ७४ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । जसमा कम्पनीबाट लक्ष्मी घिमिरे चाँही एकमात्र सीओटी लक्ष्य प्राप्त गर्ने अभिकर्ता बनेकी छिन् ।
कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न कार्यक्रम आयोजना गरेर हौसला समेत प्रदान गर्दै आएको छ । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न समयमा राष्ट्रिय कलाकारको प्रस्तुली तथा विभिन्न अभिकर्ता विशेष योजना ल्याउँदै प्रोत्साहन गर्दै आएको छ ।
पछिल्लो वर्षयता आइएमई लाइफ इन्स्योरेन्समा एमडीआरटी लक्ष्य प्राप्त गर्ने अभिकर्ताहरुले संख्या बढ्दो क्रममा रहेको छ । एजेन्सीहरुको लगातारको संघर्ष र मिहिनेतका साथै कम्पनीको तालिम र अभिकर्तामुखी योजनाका कारण एमडीआरटीको संख्था बढ्दो मात्रामा रहेको छ ।
आइएमई लाइफ इन्स्योरन्सले सन् २०२६ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुलाई केन्द्रिय कार्यालय तथा विभिन्न देश भरीका शाखा कार्यालयहरुमा उत्सवका साथ मनाएर धन्यवाद तथा बधाई ज्ञापन गर्दै आएका छन् ।












