वीरगञ्जमा प्रदर्शन चर्किएपछि तनाव, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

२० पुष २०८२, आईतवार १३:१८

काठमाडौँ ।  धनुषामा मस्जिद तोडफोड र कुरान जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

प्रदर्शनकारी र प्रहरीले झडप भएपछि जनजीवन प्रभावित भएको छ। वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गर्दा हिँडडुल रोकिएको थियो। छपकैया इदगाह चोकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि सुरक्षा कर्मीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झडपका क्रममा एक जना प्रहरी जवान सामान्य घाइते भएका छन्।

धनुकमला नगरपालिका-६ सखुवा मरानस्थित मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको थियो। छपकैया मदरसाका मौलाना असगर मदनीले यो घटनालाई धार्मिक सद्भाव र सहिष्णुता बिथोल्ने जघन्य अपराधको संज्ञा दिएका छन्। उनले दोषीहरूलाई कानूनी दायरामा नल्याए आन्दोलन थप सशक्त हुने चेतावनी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*