एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा

२० पुष २०८२, आईतवार १५:२८

काठमाडौँ । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । आगामी ४ वर्षको अवधिका लागि खतिवडालाई उक्त जिम्मेवारी दिएको हो ।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव संगाल्नु भई वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित छन् ।

उनले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*