तीन बीमा कम्पनीबाहेक सबैमा क्यास ब्याक, कारवाही गर्ने तयारीमा प्राधिकरण

२० पुष २०८२, आईतवार १६:२९

काठमाडौं । तीन निर्जिवन बीमा कम्पनीबाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ।

नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षणको रिर्पोटमा तीन निर्जिवन बीमा कम्पनी बाहेक सबैमा क्यास ब्याक भईरहेको पाइएको बीमा प्राधिकरणको उच्च स्रोतले जनाएको छ।

नेपालका १४ निजीवन बीमा कम्पनीहरुले बीमा गर्नेलाई दिइने कमिशन (क्यास ब्याक) मा चर्को ठगी गरेको भेटिएको छ ।

निजीवन बीमा कम्पनीहरुले फर्जी बिल भौचर, बनावटी खर्च र कृतिम कर्मचारी भर्ना देखाएर प्रिमियमकै पैसा क्यास ब्याकका रुपमा दिने र व्यवसाय हत्याउने गरेको प्रतिवेदनमा खुलेको छ ।

बीमा प्राधिकरणले बीमकको स्थलगत सुपरीवेक्षणबाट निर्जीवन बीमाकम्पनीमा क्यास ब्याक (बीमा गर्नेलाई कमिशन) दिने गैरकानुनी अभ्यास मौलाएको तथ्य फेला पारेको हो ।

उक्त गैरकानुनी अभ्यास अंगालेका बीमा कम्पनीलाई कारबाहीको दायरामा ल्याउने तयारी बीमा प्राधिकरण जुटेको छ ।

बीमा प्राधिकरणले करिब पाँच साता लगाएर बिमा कम्पनीको स्थलगत सुपरीवेक्षण गर्दा प्राधिकरणले बिमा कम्पनीमा क्यास ब्याक दिने गलत अभ्यास फस्टाएको फेला पारेको थियो ।

केही निर्जीवन बीमा कम्पनीले फर्जी बिल, बनावटी खर्च र कृत्रिम कर्मचारी देखाएर प्रिमियमकै पैसा क्यास ब्याकका रुपमा पठाउने र व्यवसाय हत्याउने गरेको तथ्य प्राधिकरणले आफ्नै स्थलगत निरीक्षणबाट फेला पारेको थियो ।प्राधिकरणले गरेको अनुगमनका क्रममा अधिकांश बिमा कम्पनीहरुले क्यास ब्याको रकम घुमाउरो बाटो प्रयोग गरेर प्रदान गर्ने गरेको भेटिएको थियो । बीमा प्राधिकरणले प्रतिवेदनमा भएको उक्त प्रस्तावलाई बोर्डमा लगेर कारवाहीको गर्ने तयारी समेत गरेको छ । बीमा कम्पनीहरुमा ५० प्रतिशतमाथिसम्म क्यास ब्याक भईरहेको पाइएको कारण पहिलो चरणमा एक ती कम्पनीहरुलाई कारवाही गर्ने तयारी गरिएको प्राधिकरणको उच्च स्रोतले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*