सालपा विकास बैंकको आईपीओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

काठमाडौँ । सालपा विकास बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदन छन् । सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता शेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो ।
आवेदन माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ।
बैंकले अब बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।













