तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ पुष २०८२, सोमबार ०८:०१

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।
एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३.३६८४ प्रतिशत नगद लाभांश, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश र विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ।













