समृद्धि र पोखरा फाइनान्स १ः१ को शेयर अनुपातमा मर्ज हुने

२१ पुष २०८२, सोमबार १०:११

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुने भएका छन्।

दुई कम्पनीबीच मर्जरका लागि गत साउन ४ गते समझदारीपत्रमा हस्ताक्षर भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी १ः१ को शेयर अनुपात निर्धारण गरेको थियो।

मर्जर समितिले अनुमोदनका लागि सञ्चालक समितिमा पेश गरेकोमा समृद्धि फाइनान्सको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा मर्जरमा जाने निर्णय स्वीकृत गरेको हो।

1767528194405

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*