कम्पनीका अनुसार हाल ती दुवै आयोजनाहरुको लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (Power Purchase Agreement) सम्पन्न भईसकेको छ।


काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले दुई वटा सोलार आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । सौर्य आयोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरणबाट प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा एशियन हाइड्रो पनि छनौट भएको थियो ।
छनौटमा परेसंगै कम्पनीले दुईवटा ग्रिड-जडित सौर्य पीभी (Solar PV) आयोजनाको विकासका लागि नेपाल विद्युत प्राधिकरणबाट Letter of Intent (LOI) प्राप्त गरेको थियो ।
बोलपत्र अन्तर्गत छनौट भएको कम्पनीले सौर्य उर्जा आयोजनाको लागि विद्युत खरिद बिक्री सम्झौता गर्नका लागि छनौट भएको कम्पनी समेत शेयरधनी रहने गरि Special Purpose Vehicle (SPV) को रुपमा कम्पनी ऐन २०६३ बमोजिम छुट्टै कम्पनीहरु समेत संस्थापना गर्नुपर्ने व्यवस्था थियो । सोहि अनुसार एशियन हाइड्रोपावर समेत समेत शेयरधनी हुने गरि दुईवटा सौर्य उर्जा आयोजनाहरुको लागि कम्पनी समेत गठन भईसकेको छ ।
कम्पनीका अनुसार हाल ती दुवै आयोजनाहरुको लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (Power Purchase Agreement) सम्पन्न भईसकेको छ।
