एशियन लाइफ इन्स्योरेन्सबाट १७ जना सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई दर्जनबढी अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् ।
अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी कम्पनीका कुल १७ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।
हजारौं अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीका १७ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । एशियन लाइफ इन्स्योरेन्सबाट प्राप्त विवरण अनुसार एमडीआरटीको सीओटी र टीओटी लक्ष्य हाशिल गर्ने अभिकर्ताको संख्या शुन्य रहेको छ ।
कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न कार्यक्रम आयोजना गरेर हौसला समेत प्रदान गर्दै आएको छ । एशियन लाइफ इन्स्योरेन्सले विभिन्न समयमा राष्ट्रिय कलाकारको प्रस्तुली तथा विभिन्न अभिकर्ता विशेष योजना ल्याउँदै प्रोत्साहन गर्दै आएको छ ।












