भदौ २३ र २४ गतेको आन्दोलनबारे बालेनको बयान लिँदै आयोग

२१ पुष २०८२, सोमबार १३:०५

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’को बयान लिने भएको छ ।

केही समयअघि थप एक महिनाको म्याद थप गरिएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेनको बयान लिने तयारी गरेको हो । बयानका लागि आयोगले बालेनलाई पत्र पठाएको आयोजका सदस्य एवं प्रवक्ता पूर्व एआईनी विज्ञानराज शर्माले बताए ।

यसअघि आयोगले तत्कालीन गृहमन्त्री रहेका रमेश लेखकको बयान दिएको थियो भने बयानपछि उनीमाथि लागेको स्थानहदको प्रतिबन्ध हटेको छ । तत्कालीन गृहमन्त्री लेखकले बयान दिएसँगै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि बयान दिन दबाब बढेको छ । स्थानहद फुकुवाका लागि पनि ओलीले बयान दिनुपर्ने देखिएको छ ।

सर्वोच्च अदालतले आयोगको वैधानिकतामाथि प्रश्न उठाएर दायर रिट खारेज गरेसँगै तत्कालीन गृहमन्त्री लेखकले बयान दिएको र अब ओलीले पनि हठ त्याग्नु पर्ने नैतिक दबाब बढेर गएको छ । अर्कोतर्फ चुनावी तयारीका लागि काठमाडौं उपत्यकाबाहिर जानका लागि समेत ओलीमाथिको स्थानहद फुकुवा हुनुपर्ने बताइएको छ ।

जाँचबुझ आयोगले यसअघि तत्कालीन मुख्यसहिच, गृह सचिव, तत्कालीन प्रहरी प्रमुख, हालका प्रहरी प्रमुखसहित तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सेनापतिसहित जिम्मेवार अधिकारीहरुसँग बयान लिइसकेको छ । अब, बालेन, ओली र सुदन गुरुङसहित चार जनाको बयान आयोगले लिने बताइएको छ । मन्त्रिपरिषदको असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे सत्य तथ्य अनुसन्धानका लागि विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*