उत्कृष्ट व्यवसाय गर्ने चार जीवन बीमा कम्पनीहरुबाट कति जना अभिकर्ता भए सन् २०२६ को एमडीआरटी छनौट?

राजन कठायत
२१ पुष २०८२, सोमबार १३:३४

काठमाडौं । नेपालमा सञ्चालित चार उत्कृष्ट बीमा कम्पनीहरुका ३३२ जना अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट अभिकर्ताहरुले सो लक्ष्य हासिल गरेका हुन् ।

एमडीआरटी छनौटले कम्पनीहरुले कति क्षमतावान अभिकर्ता उत्पादन गरइरहेका छन् भन्ने कुरा पनि पुष्टि गर्दछ । नेपालका सर्वाधिक व्यवसाय संकलन गरीरहेका चार कम्पनीहरुको तुलना गर्दा नेपाल लाइफ इन्स्योरेन्सले सन् २०२६ को लागि सवैभन्दाबढी एमडीआरटी अभिकर्ता छनौट गराई आफुलाई अब्बल कम्पनीको रुपमा फेरी पनि स्थापित गरेको छ ।

जीवन बीमा कम्पनीहरुको लागि मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरुको पनि व्यवसायीक क्षमता कति रहेछ भन्ने कुरा एमडीआरटी छनौटले देखाउँछ । कुनै पनि अभिकर्ताहरुले आफुलाई सफल र व्यवसायीक अभिकर्ताको रुपमा चिनाउन सफल गराउँने बाटो भनेकै एमडीआरटी हो । सन् २०२६ को लागि आवश्यक एमडीआरटीको व्यवसाय लक्ष्य पूरा गरेर मात्रै हुँदैन । एमडिआरटीमा दर्ता भई कम्पनीले सिफारिस गरेपछि उनीहरुले वार्षिक बैठकमा भाग लिए पछि मात्र आधिकारीक रुपमा एमडीआरटी बन्ने छन् ।

जीवन बीमा क्षेत्रमा आवद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको सीओटी–टीओटी बन्ने । सन् २०२५ भर्खरै सकिएको छ । एमडिआरटी २०२६ को लागि छनौंट हुने समय पनि सकिएको छ । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाले सन् २०२६ को लागि एमडीआरटी लक्ष्य पुरा गरेका अभिकर्ताहरुले आगामी जुनमा अमेरिकाको क्यालिफोर्नियमा हुन गइसहेको एनुअल मिटिङमा सहभागी हुन पाउँनेछन् । यसअघि नेपालमा धेरै बीमा अभिकर्ताहरुले यस्ता बैठकहरुमा भाग लिइसकेका छन् ।

एमडिआरटीको छनौट तर्फ सन् २०२६ को लागि तोकिएको ५३ लाख ९६ हजार रुपैयाँ, सिओटीको लागि एक करोड ६१ लाख ९० हजार रुपैयाँ र टीओटीको लागि तीन करोड २३ लाख ८० हजार रुपैयाँ बराबरको प्रिमियम तोकिएको थियो । सो प्रिमियम संकलन गर्न सक्षम अभिकर्ताहरु छनौट भइएका छन् ।
दिन–रात अहोरत्र खटिएर एमडीआरटी, सीओटी र टिओटी लक्ष्य प्राप्त गरेकाहरु नेपाल जीवन बीमा व्यवसायमा संलग्न दुई लाख भन्दा बढि बीमा अभिकर्ताहरुको लागि आईडलका रुपमा स्थापित हुन सफल भएका छन् ।

हेरौ कुन कम्पनीबाट कति एमडीआरटी, सीओटी र टीओटीमा छनौट भए ?

नेपाल लाइफ इन्स्योरेन्स

सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेपाल लाइफ इन्स्योरेन्सका ११० जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै नेपाल लाइफका अभिकर्ताहरुले एमडीआरटीको लागि तोकीएको व्यवसायीक लक्ष्य पुरा गर्दै सन् २०२६ को एमडीआरटीमा छनौट भएका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्स

नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्सका ८३ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै नेशनल लाइफ इन्स्योरेन्सका ८३ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । जसमा कम्पनीबाट दुई जना टीओटी, चार जना सीओटीसहित कुल ८३ जनाले एमडीआरटी लक्ष्य हासिल गरेका छन् ।

एलआइसी नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का पाँच दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी कम्पनीले कुल ८२ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीका८२ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । जसमा कम्पनीबाट तीन जना अभिकर्ताले टीओटी र ६ जनाले सीओटी लक्ष्य हासिल गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्स
नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी हिमालयन लाइफ इन्स्योरेन्सका ५७ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै हिमालयन लाइफ इन्स्योरेन्सका ५७ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । जसमा कम्पनीबाट तीन जना अभिकर्ताले सीओटी लक्ष्य चुम्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*