तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा

२१ पुष २०८२, सोमबार १४:४२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीमाथि आयोगले छानबिनका लागि असोज १२ गते स्थान हद तोकेको थियो। सो निर्णयअनुसार उनलाई विदेश भ्रमणमा रोक लगाइएको थियो भने काठमाडौँ उपत्यका बाहिर जान नपाउने व्यवस्था गरिएको थियो।

आयोगका अनुसार जेनजी आन्दोलनको सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएका कामकारबाहीबारे आवश्यक सोधपुछ सम्पन्न भइसकेकाले स्थान हद कायम राख्नु पर्ने औचित्य समाप्त भएको ठहर गरिएको हो। त्यसैका आधारमा ओलीमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको आयोगले जनाएको छ।

यसअघि आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा करिब साढे दुई घण्टा बयान दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*