शिवम् सिमेन्ट र बन्दीपुर केबलकारमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२१ पुष २०८२, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३५ वटा कम्पनीहरुको एक करोड २४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज शिवम् सिमेन्टको ३८ करोड ६९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँ, एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको १६ करोड १४ लाख रुपैयाँ र सागर डिस्टीलरी लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*