६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?
२१ पुष २०८२, सोमबार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज विभिन्न सेक्टका ६ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सागर डिस्टीलरी, एसवाई प्यानल, श्रीनगर एग्रोटेक, बन्दीपुर केवलकार, रुरु जलविद्युत परियोजना र बाराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।














