आइएमई लाइफकी स्टार एजेन्सी निस्मा राई सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाकी स्टार एजेन्सी म्यानेजर निस्मा राई सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएकी हुन् ।
उनको यो उपलब्धि निरन्तर मेहनत, अनुशासन, स्पष्ट लक्ष्य र उत्कृष्ट नेतृत्व क्षमताको प्रतिफल हो । छोटो समयमै यस्तो उच्च उपलब्धि हासिल गर्नुले गठ्ठाघरको व्यवसायिक क्षमता, प्रभावकारी प्रशिक्षण प्रणाली तथा सकारात्मक कार्य संस्कृतिलाई स्पष्ट रूपमा उजागर गरेको कम्पनीले जनाएको छ ।
सो अवसरमा गठ्ठाघर शाखा प्रमुख सागर कटुवालले खुशी व्यक्त गर्दै भने, ‘निस्मा राईको यो सफलता शाखा परिवारका लागि अत्यन्तै गर्वको विषय हो । छोटो समयमै एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्नु उनको कडा मेहनत, अनुशासन र नेतृत्व क्षमताको प्रत्यक्ष प्रमाण हो। उनको यो उपलब्धिले हाम्रो टिमका नयाँ अभिकर्ता तथा व्यवस्थापकहरूलाई अझ ठूलो लक्ष्य राखेर अघि बढ्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु।’













