उत्कृष्ट पाँच लघुवित्तको लाभांश इतिहासः न्युनतम् १० देखि ७३ प्रतिशतसम्म, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका लघुवित्तहरु प्छिल्लो समय लघुवित्तको दायरामा विस्तार गरेका छन् । कम्पनीहरुले वितरण गरेको पछिल्लो ५ वर्षयताको विवरणका आधारमा लाभांशको दायरा बृद्धि भएको हो ।
नेपालमा सञ्चालित उत्कृष्ट लघुवित्त संस्थाहरुमध्ये छिमेक लघुवित्त, साना किसान लघुवित्त, डिप्रोक्स लघुवित्त, जीवन विकास लघुवित्त र नेशनल लघुवित्तबीच लाभांश वितरणमा निकै कडा प्रतिस्पर्धा भएको छ । संस्थाहरुले न्युनतम् १० प्रतिशतदेखि अधिकतम् ७३ प्रतिशतसम्म पछिल्लो ५ आर्थिक वर्षयता लाभांश वितरण गरेका छन् ।
जीवन विकास लघुवित्त
जीवन विकास लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई न्युनतम् १४ प्रतिशतदेखि अधिकतम् ७३ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । संस्थाले आर्थिक वर्ष ०७८–०७९ देखि ०८२ सम्म १४ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७–७८ मा कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेशनल लघुवित्त
नेशनल लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई पछिल्लो पाँच वर्षयता न्युनतम् १५ देखि ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । संस्थाले आर्थिक वर्ष ७९ देखि ०८२ सम्म १५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७–०७८ मा कुल ४५ प्रतिशत कुल लाभांश वितरण गरेको थियो ।

साना किसान लघुवित्त
साना किसान लघुवित्तले पछिल्लो ५ वर्षयता लगानीकर्ताहरुलाई न्युनतम् १४ प्रतिशतदेखि २६ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७–७८ र ०७८–७९ मा २६ प्रतिशत, ०७९–८० मा २० प्रतिशत, ०८०–०८१ मा १४ प्रतिशत र ०८१–०८२ मा १५ प्रतिशतले लाभांश वितरण गरेको छ ।

छिमेक लघुवित्त
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पछिल्लो ५ वर्षयता आफ्ना शेयरधनीहरुलाई न्युनतम् १५ देखि ३० प्रतिशतसम्म लाभांश वितरण गरेका छन् । संस्थाले आर्थिक वर्ष २०७७–७८ मा ३० प्रतिशतले सर्वाधिक लाभांश वितरण गरेको थियो । साथै, संस्थाले आर्थिक वर्ष ७८–७९ मा २५ प्रतिशत, ७९–८० र ८०–८१ म १५ प्रतिशतका दरले लाभांश वितरण गरेका थिए ।

डिप्रोक्स लघुवित्त
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य चार कम्पनीको तुलनामा सबैभन्दा कम लाभांश वितरण गरेको छ । संस्थाले पछिल्लो ५ वर्षयता न्युनतम् १० प्रतिशतदेखि २१ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।














