सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न बोर्डले दियो अनुमति
२१ पुष २०८२, सोमबार १८:०९

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृती दिएको हो ।
कम्पनीले परिपत्रि विधिबाट अग्राधिकार शेयर निष्काशन गर्नेछ भने शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई बोर्डले सोमबार स्वीकृति दिएको हो ।













