व्यावसायिक कर्जा विलासितामा प्रयोग नगर्न राष्ट्र बैंकको चेतावनी

२२ पुष २०८२, मंगलवार ०९:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा विलासितामा प्रयोग हुँदै गइरहेको भन्दै त्यसलाई रोक्न चेतावनी दिएको छ।

व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वूर्ण साधन व्यवसायिक कर्जा भएको र यस्तो कर्जा व्यवसायिक प्रयोजन जस्तै मेसिन खरीद गर्न, स्तरोन्नती गर्न, अद्याविधक गर्न, व्यवसाय विस्तार गर्न वा व्यापार/व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नमा प्रयोग गरिनु पर्ने राष्ट्र बैंकले जनाएको छ।

तर पर्याप्त तयारीविनै व्यवसायिक कर्जा लिइएमा त्यस्तो कर्जा बोझ बन्न सक्ने र विलासिता प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरुपयोग हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै कर्जालाई सही ठाउँमा लगानी गरी आर्थिक अनुसाशन कायम राख्न आग्रह पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*