मर्जरलाई अन्तिम रूप दिन समृद्धि र पोखरा फाइनान्सले बोलाए साधारणसभा

२२ पुष २०८२, मंगलवार ०९:५५

काठमाडौं । मर्जरलाई अन्तिम रूप दिनका लागि समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडले माघ १४ गते आ–आफ्नो वार्षिक साधारणसभा बोलाएका छन्।

समृद्धि फाइनान्सको चौबीसौं वार्षिक साधारणसभा हेटौंडास्थित होटल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहान ११ बजेदेखि र पोखरा फाइनान्सको अठ्ठाईसौं र उनन्तीसौं वार्षिक साधारणसभा पोखरास्थित दरबारथोक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

समृद्धि फाइनान्सले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालकको नियुक्ति अनुमोदनको प्रस्ताव पारित गर्नेछ। पोखरा फाइनान्सले गत दुई आवका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा मनोनीत सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

त्यसैगरी दुवै कम्पनी आपसमा १ः१ को शेयर अनुपातमा मर्जरको प्रस्ताव पारित गर्ने, मर्जरपछि शेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिई पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने, मर्जरपछि गठन हुने सञ्चालक समितिमा संस्थाबाट सञ्चालकको प्रतिनिधित्व गर्ने सञ्चालकको नाम पारित गर्ने र थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन्।

साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले पुस ३० गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने निर्णय गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*