महङ्गीयो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
२२ पुष २०८२, मंगलवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












