विन्ध्यावासिनी हाइड्रोपावरको कम्पनी सचिवमा पुजा चन्द नियुक्त
२२ पुष २०८२, मंगलवार ११:०३

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवमा पुजा चन्दलाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको पौस २१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले कम्पनी सचिवमा चन्दलाई नियुक्त गरेको हो ।













