एकद्धार प्रणालीमा उद्योग दर्तादेखि सञ्चालन गराउन चेम्बरको सुझाव

२२ पुष २०८२, मंगलवार ११:३२

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले उद्योगको दर्ता प्रक्रीयादेखि सञ्चालनमा ल्याउँदासम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ । मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण हुनुपर्ने चेम्बरको धारणा छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हा समक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर र अनुमतिपत्र हटाउने व्यवस्थाका लागि पहल गर्न समेत आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले औद्योगिक र व्यवसायिक वातावरण निर्माणसँगै उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोमा जोड दिए । यसका लागि अविलम्ब बीमाको बिस्तृत दायरा समेटेर आन्तरिक लगानी प्रवर्द्धन एवं सुरक्षा नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

रेमिट्यान्सलाई उत्पादन मुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपालको औद्योगिक क्षमता उपयोग खस्किएको प्रति अध्यक्ष अग्रवालले मन्त्री सिन्हाको ध्यानाकर्षण गराए । ‘नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार २०८१–८२ मा नेपालको औषत औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशतमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा औसत क्षमता उपभोग ४८.३ प्रतिशत रहेको थियो,’ उनले भने ।

उद्योग व्यापार र लगानी सम्बनधी नीतिहरुमा वारबार परिवर्तन नहुुने स्पष्ट प्रतिवद्धता सरकारबाट आउनुपर्नेमा उनको भनाइ छ । आर्थिक कुटनीतिको माध्यामबाट विश्वबजारहरुको खोजी गरिनुपर्ने र निर्यातकर्तालाई निर्यात अनुदानको सुनिश्चितता गर्नुुपर्ने अध्यक्ष अग्रवालले बताए । चेम्बर पदाधिकारीहरुसँगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले मुलुकभित्र औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि सहजीकरणको प्रयास भईरहेको बताए । निजी क्षेत्र र आम सेवाग्राहीलाई प्रसाशनिक र नीतिगत झण्झट कम गर्नका लागि सरकारले प्रयास गरिरहेको मन्त्री सिन्हाको भनाइ छ ।

निर्यात अनुदानमा लागेको बन्देज खुुलाउनका लागि प्रयास भईरहेको मन्त्री सिन्हाले बताए । बजार अनुुगमनमा नाममा व्यवसायीलाई दुुःख दिन नहुनेमा सरकार सजग रहेको र स्वदेशी लगानी सुरक्षाका लागि सरकारले गम्भिरताका साथ काम गरिरहेको बताए । मन्त्री सिन्हाले आद्यौगिक वातावरण सहज बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*