लाभांश पारितका लागि तीन कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको लाभांश पारितका लागि आज वार्षिक साधारणसभा बस्दैछ।
नेपाल हाइड्रो डेभलपर लिमिटेडले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे उन्नाईसौं वार्षिक साधारणसभा बस्दैछ।
चन्द्रागिरी हिल्स लिमिटेडले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि आज काठमाडौंको थानकोटस्थित आफ्नै कम्पनीको स्टेशनमा बिहान ११ बजेदेखि सोह्रौं वार्षिक साधारणसभा बस्दैछ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरको छ। निर्णय पारितका लागि आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि उनन्तीसौं वार्षिक साधारणसभा बस्दैछ।













