११ दमकल र सयौं सुरक्षाकर्मीले २ घण्टामा निभाए गैरीगाउँमा लागेको आगो

२२ पुष २०८२, मंगलवार १७:२१

काठमाडौँ । राजधानीको गैरीगाउँमा रहेको काठ गोदाममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएको उक्त गोदाममा विदेशबाट आयात गरिने सामग्रीहरू प्याक गर्न प्रयोग हुने काठका बक्सा भण्डारण गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागी नियन्त्रणका लागि ११ वटा दमकल र तीन वटा पानी ट्यांकर परिचालन गरिएको थियो । करिब दुई घण्टाको निरन्तर प्रयासपछि आगो नियन्त्रणमा ल्याउन सफल भएको छ ।

आगलागीका कारण नजिकै रहेको एक विद्यालयको भवन तथा केही आवासीय घरमा समेत क्षति पुगेको छ । यद्यपि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो निभाइएको हो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*