कामना सेवा विकास बैकद्वारा श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

२२ पुष २०८२, मंगलवार १८:३४

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई स्टेश्नरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले श्री लक्ष्मी आधारभूत विद्यालयका सामाजिक–आर्थिक रूपले पिछडिएको तथा गरिब र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*