प्रतिकित्ता १४० रुपैयाँमा एनआईसी एशिया बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

२३ पुष २०८२, बुधबार ०७:४५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ।

बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै शेयर बिक्रीमा राखिएको हो। शेयर खरीदका लागि इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आज पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन दिंदा सम्पूर्ण कित्ता (२ लाख) खरीदका लागि दिनु पर्नेछ। गोप्य शिलबन्दी बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ।

बिक्री अवधिमा परेका बोलपत्रहरू माघ ४ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ। बोलपत्र पेश गर्दा प्रतिकित्ता कम्तीमा १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*