कर्जा नउठेको भन्दै युनिक नेपाल लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

२३ पुष २०८२, बुधबार १०:१९

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले देशव्यापी रूपमा भएको लघुवित्त विरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढेको, व्यवासायिक मन्दीका कारण ऋणीको व्यवसाय नचलेपछि कर्जा उठ्न नसकेको, युवा पलायन हुँदा कर्जा लगानी नबढेको निष्कर्ष निकालेको छ।

बैठकले कम्पनीको निष्क्रिय कर्जा बढ्दा आम्दानीको अधिकांश भाग नोक्सानीमा डुबेको र यसले मुनाफा घट्न गई नगद प्रवाहमा समेत असर परेकाले शेयरधनीलाई लाभांश बाँड्ने चाहना हुँदाहुँदै पनि लाभांश वितरण नसकिने अवस्था आएको भन्दै यस्तो समयमा कम्पनीलाई जोगाउनु नै उत्तम विकल्प भएको भन्दै लाभांश नबाँड्ने निर्णय गरेको छ।

1767753597458

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*