सुनको मूल्यमा गिरावट, बुधबार कतिमा हुँदैछ कारोबार ?

२३ पुष २०८२, बुधबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९३५ रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*