सन नेपाल लाइफ इन्स्योरेन्सका यी अभिकर्ता भए सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

२३ पुष २०८२, बुधबार १२:३०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका आधा दर्जन अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी कम्पनीका कुल ६ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

हजारौं अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीका ६ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त विवरण अनुसार एमडीआरटीको सीओटी र टीओटी लक्ष्य हाशिल गर्ने अभिकर्ताको संख्या शुन्य रहेको छ ।

बीमापोष्टलाई प्राप्त विवरण अनुसार मुना झ्यारी मगर, जोगबीर भण्डारी, लेखराज राई, राधिका उप्रेती, नर बहादुर रिजाल र राधे श्याम साह सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न कार्यक्रम आयोजना गरेर हौसला समेत प्रदान गर्दै आएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न समयमा राष्ट्रिय कलाकारको प्रस्तुली तथा विभिन्न अभिकर्ता विशेष योजना ल्याउँदै प्रोत्साहन गर्दै आएको छ ।ब

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*