सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने राष्ट्रियसभाको उम्मेदवार सिफारिस

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी छन् । लामो समयदेखि राजनीतिमा समेत सक्रिय रहेकी न्यौपाने नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी हुन् ।
विराटनगर महानगरपालिकाबाट तत्कालिन नेकपा माओवादी केन्द्रबाट मेयर पदमा चुनाव लडेकी उनले सम्मानजनक मत ल्याएकी थिइन् । नेपाली राजनीति र जीवन बीमाको माध्यमबाट आम सर्वसाधारणको सेवा गरीरहेकी छिन् ।
जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।













