शेयर बजार राताम्य हुँदा समेत यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२३ पुष २०८२, बुधबार १५:१२

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो ।
बजार घट्दा अधिकाशं कम्पनीको शेयर मूल्य घटेको छ । तर, राताम्यका बीच भने ४५ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।
आज नारायणी डेभलपमेन्ट बैंकको ६.०८ प्रतिशत, फस्र्ट माइक्रो फाइनान्सको ३.३५ प्रतिशत, शुभम पावरको २.६७ प्रतिशत, सयपत्री हाइड्रोपावरको २.६३ प्रतिशत र मञ्जुश्री फाइनान्सको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।














