सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय, साढे २२ लाखको हात रित्तो हुने

२३ पुष २०८२, बुधबार १५:५०

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ पुष २५ गते अर्थात् शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबारसम्म बाँडफाँट गर्ने गरी तयारी गरीरहेको हो ।

आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १०।१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*